डोटेली भाषाको चलचित्र ‘प्रेमगंगा’को गित सार्बजनिक, चलचित्र साउनमा प्रदर्शन हुने

मा प्रकाशित


बैतडी ।

बैतडी जिल्लामा रहेका बिभिन्न धार्मिक, ऐतिहासिक, पर्यटकीयस्थलहरुलाइ केन्द्रित गर्दै बैतडीमा छायांकन भएको चलचित्र ‘प्रेम गंगा’को गित बुधवार सर्बजनिक भएको छ ।

नायक गौरव जोशी र कृष्ण सिराडीको स्वरमा रहेको चलचित्र प्रेम गंगाको गित बुधवार हाङकु सिनेमाबाट सार्बजनिक भएको हो । डोटेली भाषाको पौराणिक कथामा आधारित पहिलो चलचित्र प्रेम गंगा गत चैतमा छायाकंन भएको हो ।

बैतडी जिल्लामा मात्रै छायाकंन भएको यो पहिलो चलचित्र हो । जिल्ला भित्र रहेका प्रकृतिक स्रोत, धार्मिक स्थल, पर्यटकिय महत्व बोकेका ऐतिहासिक स्थलहरुलाइ चलचित्रका माध्यमबाट चिरपरिचित गराउने तथा भाषा कला, धर्म संस्कृति संरक्षण प्रर्वधन गर्ने मुख्य उद्देश्यका साथ यो चलचित्र बैतडीमा छायाकंन गरीएको चलचित्रका निर्देशक गौरव जोशीको भनाइ छ ।

सुदुरपश्चिमकै कलाकारहरु तथा भकमफोड कलाकार समुहको अथक प्रयासमा निर्माण भएको यो चलचित्र निर्माण भइसकेपछि स्वदेस तथा बिदेश भारत, लगायतका अन्य देशहरुमा समेत प्रर्दशन हुने निर्देशक जोशीको भनाइ छ ।

प्रवासमा रहेका नेपालीहरुको सहयोगमा चलचित्र बिदेशमा पनि प्रर्दशन हुने उहाँले बताउनुभयो । यस चलचित्रमा कथा लेखन तथा निर्देशन गौरव जाशी र राकेश भट्ट (राजन)को रहेको छ भने मुख्य भुमिका नायक तथा गायक गौरव जोशी, हास्य कलाकार राकेश भट्ट, नरेन्द्र प्रसाद जोशी, भारती धमेना, पत्रकार तथा हास्यकलाकार ईश्वर बोहरा, नायिका मिना भाट, रहेका छन् ।

अन्य कलाकारहरुमा सुरज बोहरा, पंकज महरा, मिसन साउद, मञ्जु कुवर, प्रकाश कुंवर, गायक अमन भट्ट लगायतका स्थानिय कलाकारहरुको अभिनय रहेको चलचित्रका व्यवस्थापक तथा खलनायक ईश्वर बोहराले बताउनुभयो । यो चलचित्र सुदुरपश्चिमको भेषभुषा, रहनसहन, रितीरिवाज, चालचलन तथा जनजीविकामा आधारीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: