ट्याक्टर दुर्घटनामा एकको मृत्यु

मा प्रकाशित


मोहन चन्द,
बैतडी ।

जिल्लाको दोगडाकेदार गाउँपालिका ३ बडियामा टयाक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार ३ मल्लासैनी वस्ने वर्ष ६० का सिद्धराज जोशी रहेका छन् ।

घाईते हुनेमा दोगडाकेदार गापा ३ बडियाका ३५ वर्षिय राजु विष्ट सोहि ठाउँ वस्ने वर्ष ३० का नवराज भट्ट र वर्ष ३२ का केशब विष्ट रहेका छन् । घाइते तीनै जना जिल्ला अस्पताल बैतडीमा उपचार गरि घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिनुभयो ।

ट्याक्टर चालक भने फरार रहेकाले अहिले सम्म खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । म १ त ८९४ नं. टयाक्टर सडक वाट ६० मिटर तल खसेको हो । मृतक जोशीका छोरा रोजगारीमा भारत भएका हुदा अहिले सम्म मृतकको दाहसंस्कार हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: