झण्डै ७५ हजारले दिए कोरियन भाषा परीक्षा

मा प्रकाशित


काठमाडौं : नवौं कोरियन भाषा परीक्षामा ७४ हजार आठ सय ६६ जना विद्यार्थी सहभागी भएका छन्। रोजगार अनुमति प्रणाली (ईपीएस) को शनिबार र आइतबार गरी चार सिफ्टमा परीक्षा सञ्चालन गरिएको छ ।

भाषा परीक्षाका लागि शाखाले गत चैत ८ देखि १८ गतेसम्म अनलाइन आवेदन लिएको थियो। परीक्षाका लागि अनलाइन आवेदन दिनेको संख्या ८२ हजार दुई सय ६४ थियो। आवेदन फारम भरेका मध्ये सात हजार तीन सय ९८ जना परीक्षामा सहभागी भएनन्। नेपाल र कोरियाबीच सन् २००७ मा दुई पक्षीय श्रम सम्झौता भएको थियो। सम्झौतापछि अहिलेसम्म कोरियन भाषा परीक्षामा पाँच लाखभन्दा बढी सहभागी भइसकेका छन्। आठौं भाषा परीक्षामा पनि ७० हजारभन्दा बढी सहभागी भएका थिए।

सम्झौता भएको एक वर्षपछि सन् २००८ देखि नेपाल सरकारले आफै कामदार पठाउँदै आएको छ। १० वर्षको अवधिका नेपालबाट रोजगारीमा ५४ हजारभन्दा बढी युवा कोरिया गइसकेका छन्। लागत कम हुने र आम्दानी राम्रै हुने भएका कारण शिक्षित युवाको छनोट कोरिया परेको छ।

परीक्षाका लागि अनलाइन आवेदन दिनेको संख्या ८२ हजार दुई सय ६४ थियो त्यसमध्ये सात हजार तीन सय ९८ अनुपस्थित रहे।

सन् २०१९ मा कोरियाको रोजगारीमा ७१ सय युवा जान पाउनेछन्। यसमा कृषि काममा लागि ४८ सय र उत्पादनमूलक क्षेत्रका लागि २३ जनाको कोटा तय भएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!