गीत : जीवन ज्योति बाल्न खोजेँ…

मा प्रकाशित


–विश्व सिग्देल

जीवन ज्योति बाल्न खोजेँ रात खस्यो अँगेनामा
साथ दिने साथी थाक्यो आघात खस्यो अँगेनामा

फाँटभरि गहुँ फुल्दा अगाएका थियौँ हामी
भिरभरि फूल फुल्दा अगाएका थियौँ हामी
आगो लाग्यो वसन्तमा वर्षात् खस्यो अँगेनामा
साथ दिने ……………………………………….

भिड भए आफ्ना सबै प्राण छिनमै पराई भयो
कान्ति छिनमै उडिगयो जीवन रित्तो कराई भयो
माया सद्भाव जीवन ठान्ने मात खस्यो अँगेनामा
साथ दिने ………………………………………

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!