गाउँमै निःशुल्क उपचार पाउँदा स्थानीय खुसी

मा प्रकाशित


मोहन चन्द,
बैतडी ।

बैतडीका बिभिन्न स्थानीय तहमा निःशुल्क स्वस्थ्य शिविर संचालन गरिएको छ । जिल्लाका १० स्थानीय तह मध्ये एक नगरपालिका र तिन गाँउपालिकामा विशेषज्ञ डाक्टरहरुले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् ।

आफ्नै गाउँघरमा विशेषज्ञ डाक्टरहरुबाट उपचार गराई निःशुल्क औषधि पाएकोमा स्थानीय खुसि भएका थिए । ‘म वुढो मान्छे मलाई कोले अस्पताल ल्याएर उपचार गराउथ्यो गाउँमै डाक्टर आएका रहेछन कानको निशुल्क उपचार गरि औषधि दियो मलाई त भगवान नै आए जस्तो लाग्यो’ पञ्चेश्वर गाउँपालिका १ का स्थानिय ७० वर्षिय हरी सिह घटालले खुसि हुदै भने ।

शिविरमा पाठेघर खसेका महिलाहरुको उपचार, नाक कान घाटी, दन्त सेवा, जनरल फिजिसियन सेवा प्रदान गरिएको थियो । स्वास्थ्य सेवाको पहँचवाट टाढा रहेका यी स्थानीय तहमा विना शुल्क यति ठुला रोगको उपचार गराउन पाएकोमा शिविरमा आएका स्थानीय खुसि व्यक्त गरिरहेका थिए ।

हामी त गरिब मान्छे पैसा पनि हुदैन उपचार गर्न जानु भन्दा त रोग लुकाएर नै अहिले सम्म वसिरहेकी थिए निःशुल्क उपचार गरिदिन्छन यता निको नभए नेपालगंज पनी आफनै पैसामा उपचार गराईदिन्छन् भनेपछि उपचार गराउन आएकी हुँ नाम नवताउने सर्तमा एक पाठेघर खसेकी महिलाले भनीन् । उनले भने “पैसा नभएर उपचार गराउन नसकि मर्ने हुँ भन्ने लागेको थिए साच्चै यता त निःशुल्क रहेछ मलाई त डाक्टरले नेपालगंज आउनु त्यहाँ हामी निःशुल्क सल्यक्रिया गरिदिन्छौ भन्यो अव मत उतै जान्छु अव चाहि मलाई पुर्ण वाँच्ने आशा जागेको छ रुदै भनिन्” ।

शिविर नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रविधिक सहयोग र पञ्चेश्वर गाउँपालिका समाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा स्वदेस वैतडीले आयोजना गरेको हो ।

‘मैले निर्वाचनको बेला बोलेका जनतासंगका हरेक वाच्चा एक–एक गरि पुरा गर्दै गईरहेको छु त्यसै अन्तरगत समय समयमा निःशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार पनि गरिनेछ भनेका थिए र जनताको विशेषज्ञ डाक्टरको टोलि वोलाई निःशुल्क उपचार पनि गराई दिए’ पञ्चेश्वर गाँउपालिकाका अध्यक्ष गोरख वहादुर चन्दले भने ।

“सबै भन्दा पिछिडिएको गाउँपालिका भएकाले याहाँका जन्ता ठुलठुला विशेषज्ञ डाक्टर भएका अस्पतालमा उपचार गराउन नसक्ने भएकाले र यस क्षेत्रमा ठुला स्वास्थ्य संस्था नभएकाले शिविरको आयोजना गरेका हौँ यसलाई हामि निरन्तरता दिने छौ अध्यक्ष चन्दले भने” ।

अझै समय समयमा यस्ता किसिमका विशेषज्ञ डाक्टर वोलाएर गाँउपालिका वासिलाई स्वास्थ्य सेवा प्रदान गर्ने चन्दको लक्ष छ ।

शिविरमा सवै भन्दा बढी लगभग ७० प्रतिशत महिलाहरुले उपचार गराएका छन जस मध्ये सवै भन्दा वढी दात कान र पाठेघर खसेका विरामी भेटिएको नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालका टिम म्यानेजर अबदुल हुसेन खाँले जानकारी दिनु भयो । उनले भने –“यहाँका महिला रोग लुकाएर वस्ने गर्दा पनि पाठेघर खस्नेको संख्या अली बढी देखिएको छ र धेरैको अवस्था सम्वेदनशिल भएकाले नेपालगंज रिफर गरेका छौ त्यहाँ हामि निःशुल्क उपचार गराईदिन्छौ” ।

पञ्चेश्वर गाउँपालिकामा मात्रै ११ सय ४६ जनाले स्वास्थ्य सेवा लिएका छन् । यसैगरि शिवनाथ दोगडा केदार गाउँपालिका र मेलौली नगरपालिकामा पनि निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!