खलो प्रथा अझै कायमै

मा प्रकाशित


मोहन चन्द,
बैतडी ।

संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना भई स्थानीय सरकार आए पनी अझै आफुलाई केही महसुस नभएको बैतडीका खलो प्रथामा काम गर्ने खलियाहरु वताउछन् । ७ नं प्रदेसका पहाडी जिल्लाहरुमा अझै पनि खलो प्रथा कायमै रहेको छ । सरकारले हलिया गरिवहरुको पहिचानको लागि समय समयमा विभिन्न आयोग वनाए पनि खलो प्रथाको लागि कहिलै केहिपनी नगरेको खलो प्रथामा काम गर्नेहरुको गुनासो रहेको छ ।

बाजेकोे दिन देखी अहिले सम्म त्यहि नाली मानोमा लुगा सिउदै आएको बैतडी पञ्चेश्वर गाँउपालिका २ का प्रकास औजीले वताए । उनले भने “सिलाई पसल खोल्दा पनि खलो प्रथामा सिल्ने मान्छे पसलमै आएर सिलाउछन ज्याला दिदैनन् हामी त खलो दिईरहेका छौ खलोमै सिल्नु पर्छ भन्छन के गर्ने गाउँघरको कुरा नसिलेपनि रिसाउछन् रहरले हैन वाध्यता सिल्छौ सबै समानको दर दिन प्रतिदिन वढिरहेछ तर हामिलाई काम गरेवाफतको दिने खलो वढिरहेको छैन त्यहि नालि मानो सुप्पो मा सिमित छ” ।

अहिले ज्यालामा लुगा सिले मासिक ३० हजार भन्दा वढी कमाई हुने गर्दछ तर हामि बढी खलो दिने मान्छेका लुगा सिल्छौ यसले नत वर्ष दिनभर खान पुग्छ नत आर्थिक अवस्थानै वलियो हुन्छ जुनसुकै सरकार आए पनि हामिलाई हेरिदिने कोहि सरकार छैन अर्का खलो प्रथामै काम गर्ने दिपक औजीले वताए । उनले भने सबै वदलिरहेछ तर खलो प्रथामा काम गराउने मान्छेको मन वदलिरहेको छैन ।

लुगा सिइदिए, कृषिमा प्रयोग हुने हसिया, कुटो, कोदालो, फाउडो, वाउसो जस्ता सरसमान वनाई दिए वाफत वर्षभरिको ज्याला स्वरुप एक सुप्पो (४० माना) अनाज दिने परमपरागत चलन लाई नै खलो प्रथा भन्ने गरिन्छ । यि प्रकास र दिपक त प्रतिनिधि पात्र मात्रै हुन बैतडी लगायत दार्चुला, वझाङ, अछाम, डोटी, डडेल्धुरा लगायतका जिल्लाहरुमा अझै यो प्रथा ज्युँ को त्युँ रहेको छ । यो प्रथा बाट दलित जाति नै वढि शोषणमा परिरहेको छ ।

जिल्ला सदरमुकाम र सहर वजारमा दलितका नाम वाट दलितहरुको हक हितको लागी काम गछौ भन्ने संघ सस्थाले पनि दाताहरुका डलर कुमल्याउनु भन्दा वाकी केहि काम नगरेको पाईन्छ ।

यी संघ सस्थाहरुले कहिलै पनी खलो प्रथामा काम गर्नेको विवरण खोजेनन् यति कि यी संघसस्थाका प्रमुखहरु पनि यहि खलो प्रथामा काम गर्ने परिवार बाटै आएका हुन । स्थानीय तहवाट केहि यस्था प्रथा हटाउनका लगि जनचेतनामुलक कार्यक्रम गरे मात्र खलो प्रथामा काम गराउनेहरुको घईटोमा घाम लाग्ने थियो कि?

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: