कोरियामा अब सीप परीक्षण अनिवार्य

मा प्रकाशित


काठमाडौँ ।

रोजगार अनुमति (ईपीएस) प्रणालीमार्फत दक्षिण कोरियामा काम गर्न आउनेहरुको अब सीप दक्षता परीक्षण पनि गरिने भएको छ ।

यसअघि कोरियन भाषा क्षमताका आधारमा मात्रै कामदार छनोट हुँदै आएको थियो ।

सन् २०१९ देखि ईपीएसअन्तर्गतको कोरियन भाषा परीक्षाको छनोट प्रक्रियामा अंक प्रणाली भनिने नयाँ प्रणाली लागू गर्ने योजना रहेको मानव संशोधन विकास कोरियाले जनाएको छ ।

अंक प्रणालीको परीक्षा तीन तहमा लिइनेछ । पहिलो चरणमा कोरियन भाषा परीक्षा, दोस्रो चरणमा सीप परीक्षण एवं कार्य दक्षताको मूल्यांकन गरिनेछ । दुवै चरणबाट पाएको अंकलाई जोडेर सबैभन्दा धेरै कुल प्राप्तांक ल्याउनेलाई प्राथमिकताका आधारमा छनोट गरिने छ । यो खबर आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!