कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक

मा प्रकाशित


काठमाडौँ ।
कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ ।

रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गतको परीक्षामा यसपटक ७४ हजारभन्दा सहभागी थिए । यसमध्ये जम्मा ७ हजार ९ सय ९६ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। कोरियाले यो वर्षका लागि ७ हजार १ सय नेपाली कामदार लाने गरी कोटा निर्धारण गरेको छ । तर त्यो भन्दा ८ सय ८६ जना बढी पास भएका छन् ।

कृषितर्फ २ हजार ९ सय ६८ विद्यार्थी र उत्पादनमुलक क्षेत्रतर्फ ५ हजार २८ जना पास भएका छन्। परीक्षा जेठ २६ र २७ गते भएको थियो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: