किन गर्मी मौसममा अत्याधिक मानिस बिरामी पर्छन् ? कसरी बच्ने ?

मा प्रकाशित


डा. प्रकाश तिमिल्सेना

हरेक वर्षझै यसपालि पनि गर्मी मौसमबाट बिरामी परेका सर्वसाधारणहरु अस्पतालमा आउन सुरु भइसकेको छ ।दिनप्रतिदिन बिरामीहरुको चाप बढ्दै गएको छ ।

हरेक स्वास्थ्य संस्थामा गएर हेर्ने हो भने त्यो देख्न पाइन्छ । यो क्रम अझै बढ्ने निश्चित छ । जति गर्मी बढ्यो उति बिरामीको चाप बढ्ने गरेको छ । केही हप्तामात्र पर्खिने हो भने अस्पतालका कोलियाहरुमा समेत बिरामीलाई राखेर उपचार गर्नुपने अबस्था आउछ । यो मौसममा ज्वरो, झाडापखलाको समस्या भईरहन्छ । त्यस्ता बिरामीहरु धेरै आउछन् । यस्ता बिरामीहरुलाई सामान्य उपचार पछि पनि घर पठाईन्छ ।

सामान्य स्वास्थ्यसंस्थामा गएर उपचार गर्न पनि सकिन्छ । तर यी बाहेक गर्मीयाममा सबैभन्दा धेरै हुने अन्य जटिल खालका रोग भनेको मलेरिया, कालाज्वार, टाईफाईड, जन्डिस आदि रोगहरु हुन ।

यो मौसममा हुने अधिकांस रोगहरु सरुवा हुने गर्छन, सामान्य सजगता नअपनाउने हो भने प्रकोपको रुप लिन्छ । ज्वरो, झाडापखालालाई समेत हामीले सामान्य भन्न मिल्दैन जबकी यही मौसममा हुने जन्डिस, मलेरिया, कालाज्वरत झनै खतरनाक हुन्छन् । समयमै उपचार पाउन नसकेका बिरामीको मृत्यु पनि हुन सक्छ । रोग भनेको आफै अचानक आउने होइन । हाम्रो वरीपरीको वातावरणले रोग निम्त्याउँछ । हाम्रो वातावरणले रोगको जन्म दिन्छ । सामान्य उदाहरण लामखुटेकै लिउ न, फोहोर व्यवस्थाप भएन, घरवरीपरी फोहार नै फोहोर भयो, खाल्डाखाल्डी भए त्यहां लामखुट्टेले घर बनाउँछ ।

लामखुट्टेले त्यसपछि अनेक रोगको जन्म दिन्छ । त्यसकारण हामीले सबैभन्दा पहिले हाम्रो घर वरपरको वातावरणले अत्यन्त सफा र सुग्घर बनाउनुपर्यो । गर्मीयाममा त झन् यो कुरा अत्याबश्यक छ । घर वरपरको वातावरण सफा राख्ने हो भने धेरै प्रकारका रोगहरु त्यसै हराउछन् ।

अन्य कुराहरुमा गर्मीयाममा घाममा अनाबश्यकरुपमा हिड्डुल गर्नु भएन । हिड्नै परे सजगता अपपाउनुप¥यो । बासी खानेकुराहरु खानु भएन । पानीको मात्र प्रशस्तरुपमा सेवन गर्नुप¥यो । केही समस्या परिहालेमा तत्काल स्वास्थय संस्थामा गरे आबश्यक सरसल्लाह लिनुपर्छ । हो, केही बर्षअघि नेपालगन्जमा झाडापखलाको प्रकोप फैलिएर धेरैको ज्यान गयो । यस्तै कुरा अन्य ठाउमा पनि हुन्छ । एकातिर तराई क्षेत्रमा फोहोर व्यवस्थापनका थुप्रै चुनौतीहरु छन् भने अर्कोतिर मौसमले पनि साथ दिँदैन।

खानेपानीका अवस्था कस्तो छ ? सबैलाई थाहै छ । मानव जिवनलाई स्वास्थ्य बनाई राख्न आवश्यक पर्ने कुराहरुकै बेमेल हुने गरेको ठाउमा बसेका हामीहरुलाई चुनौतीहरु त छन् तर फेरी त्यसलाई पार नगरी पनि सुःख छैन । चुनौतीसँगै अवसर पनि छन् । प्रशस्त मात्रामा स्वास्थ्य निकायहरु छन् उनीहरुकोमा गएर सल्लाह र सुझावहरु लिन सकिन्छ । एजेन्सीको सहयोगबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!