कांग्रेसमा ३ केन्द्रीय र ३ महासमिति सदस्य मनाेनित

मा प्रकाशित


काठमाडौं ।
कांग्रेस सभापति शेरबहादुर देउवाले तीन नेतालाई नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।

सभापति देउवाले पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा (२१) (ठ) बमोजिम दिलबहादुर घर्ती (लम्जुङ), शिवप्रसाद हुमागाई (काभ्रे) र शीला शर्मा खड्का (दाङ्ग) लाई पार्टीको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

यसैगरी, देउवाले पार्टी विधानको धारा ४९(१३) (क) र (ख) बमोजिम दमननाथ ढुंगाना (काठमाडौं), तीर्थराम डंगोल (काठमाडौं) र हिरादत्त भट्ट (कैलाली) लाई महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य पदमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: