एसइईको परीक्षाफल सार्वजनिक, यसरी हेर्न सकिन्छ

मा प्रकाशित


काठमाडौं ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ।

गत चैत पहिलो साता भएको (एसइई) को नतिजा परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ प्रणाली अनुसार सार्वजनिक गरेको हो।

परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २ सय ३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १ सय ३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५ सय १२ जना रहेका छन्।

यस्तै, ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८ सय ७०, ‘सी’ ल्याउने एक लाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५ सय ८४ र ‘डी’ ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन्।

नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.npमा हेर्न सकिन्छ।

यस्तै नतिजा प्रकाशित भए पश्चात नेपाल टेलिकमको वेबसाइट see.ntc.net.npर एनसेलको वेबसाइट ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!