एक वर्षभित्र लागुऔषधको प्रयोग आधा घटाउने लक्ष्य

मा प्रकाशित


काठमाडौँ । गृहमन्त्री रामबहादुर थापा‘बादल’ले एक वर्षभित्र लागुऔषधको प्रयोग र कारोबार आधा घटाउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।

लागुऔषध नियन्त्रण राष्ट्रिय निर्देशनालय तथा समन्वय समितिको बैठकमा गृहमन्त्री थापाले समयसिमा बनाएर लागुऔषधको नियन्त्रणको कार्ययोजना बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अहिले लागुऔषधको प्रयोगकर्ता वार्षिक ११ प्रतिशतका दरले बढीरहेको रिपोर्ट आएको छ । हामीले आँट गर्ने हो भने एक वर्षमा त्यसलाई आधा घटाउन सकिन्छ ।

उहाँले यो सरकार पाँच वर्ष चल्ने भएकोले सो अवधीभित्र लागुऔषधको प्रयोग र ओसारपसार देशभित्र पूर्ण रुपमा निषेध हुने गरी कार्ययोजना बनाउन निर्देशन दिनुभयो ।चिकित्सकको सिफारिसबिना मनोमानी औषधी बेच्ने स्वास्थ्यसंस्था र औषधी पसलहरुलाई इजाजतपत्र रद्द गर्नेसम्मको कानुनी व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: