१३ खर्ब १५ अर्ब १६ करोडको बजेट प्रस्तुत

मा प्रकाशित


काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसद्‌मा मंगलबार बजेट प्रस्तुत गरेका छन् ।

डा खतिवडाले आगामी वर्षका लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको बजेट पेस गरेका हुन्। यो बजेट अघिल्लो आर्थिक वर्षको भन्दा ३७ अर्बले बढी हो। अघिल्लो आर्थिक वर्षमा कुल १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गरिएको थियो।

कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरेका छन्। चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान छ।

अर्थमन्त्री खतिवडाले सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार गरेका छन्। १५० सीसीभन्दा ठुलो क्षमताका मोटरसाइकल र १ हजार सीसी क्षमताभन्दा ठुला सवारी साधनमा अन्तशुल्क बढाइएको छ। घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैयाँमा घटाइएको छ।

मन्त्री खतिवडाले तलब नबढाई सरकारी कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने घोषणा गरेका छन्। यसअघि पनि महँगी भत्ता कार्यान्वयनमा रहेकोमा गत आर्थिक वर्षमा २५ प्रतिशत तलब बढाउँदा त्यसलाई बढाइएको तलबमा समायोजन गरिएको थियो। कर्मचारीलाई वार्षक सात हजार रुपैयाँका दरले उपलब्ध गराउँदै आएको पोशाक भत्ता बढाएर १० हजार बनाइएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: