समन्वय समितिका सदस्यहरु आन्दोलित, जिसस बैतडीको बैठक अवरुद्ध

मा प्रकाशित


बैतडी ।

प्रदेश नम्बर ७ का सबै जिल्ला समन्वय समितिका सदस्यहरु आन्दोलित भएका छन् । आफुहरुको बरियताक्रम र सेवासुविधाका बारेमा सरकारले निर्णय नगरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सदस्यहरुले सबै प्रकारका बैठक बहिस्कार गर्ने निर्णय समेत गरेका छन् । शुक्रबार जिल्ला समन्वय जिल्ला समन्वय समिति बैतडीको नियमित बैठक बहिस्कार गरि बिरोध जनाएका छन् ।

संविधानमा समन्वय समितिका सदस्यहरुको सेवा सुविधा प्रदेश सरकारले तोके बमोजिम हुनेछ भनि लेखिए पनि प्रदेश ७ को सरकारले आफुहरुको सेवा सुविधाका बारेमा ध्यान नदिएकोले दबाव दिन बैठकहरु बहिस्कार गरेर आन्दोलन गर्नुपरेको जिल्ला समुन्वय समिति बैतडीका सदस्य रमेश बोहराले बताउनुभयो ।

समन्वय समितिका सदस्यहरुको बिरोधका कारण जिल्ला समन्वय समितिका कामकाजहरु प्रभावित भएका छन् । सदस्यहरुको बिरोधले आफुहरुले समेत कुनै मिटिङ तथा छलफल कार्यक्रममा जान नपाएको र हरेक निर्णय गर्न समस्या भएको जिल्ला समन्वय समिति, बैतडीका संयोजक सिद्धराज भट्टले बताउनुभयो ।

प्रदेश सरकारले आफुहरुको माग सम्बोधन नगरुञ्जेलसम्म जिल्ला समन्वय समिति र सदस्यहरुले सहभागी हुनुपर्ने कुनै कार्यक्रम तथा बैठकमा उपस्थित नहुने सदस्यहरुको अडान छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!