सजिला नेता खोज्दै ओली–प्रचण्ड, विगतका मर्यादा हेरफेर हुने

मा प्रकाशित


काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीमा नेताहरुका विगतका पार्टी मर्यादा हेरफेर हुने भएको छ ।

एकीकृत पार्टीमा नयाँ भूमिका र वरीयताक्रम तय हुँदै गर्दा कतिपय नेतालाई विगतमा भन्दा बढी प्रभावशाली स्थान मिल्नेछ भने कतिपय नेता भूमिकाका हिसाबले थप खुम्चिनुपर्नेछ ।

पार्टी घोषणाकै दिन गठित नेकपाको केन्द्रीय सचिवालयमा निर्धारित मर्यादा र तोकिएका जिम्मेवारीले त्यसको संकेत गरेको छ ।

सचिवालयमा निर्धारित मयाृदाक्रम र जिम्मेवारीका कारण दुवै तत्कालीन पार्टीभित्र असन्तुष्टि छन् ।

तर पार्टी अध्यक्षद्वय केपी ओली र प्रचण्डको निर्णयविरुद्ध कसैले आवाज मुखरित गर्न सकेका छैनन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!