व्यावसायिक रेडियोका समस्या माथी वानले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण 

मा प्रकाशित


धनगढी ।

सात नम्वर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सात नम्वर प्रदेशका व्यावसायिक रेडियोहरुले भोगिरहेका समस्या समाधानका लागि आफुले प्राथमिकताका साथ काम अधि वढाउने वताउनुभएको छ । व्रोडकास्टिङ एसोसियसन अफ नेपाल वानका नवनिर्वाचित पदाधिकारिहरुले वुझाएको ज्ञापन पत्र वुझ्दै मुख्यमन्त्री भट्टले आफु, रेडियोका समस्या प्रति गम्भीर रहेको भन्दै समस्या समाधानका लागि कुनै कसर वाँकि नराख्ने वताउनुभयो ।

व्यावसायीक रेडियो संचालकहरुको साझा संस्था व्रोडकाष्टीङ एसोसिएसन अफ नेपाल(वान) प्रदेश नम्वर सातको प्रथम वैठकले समग्र रेडियोहरुको हितका साथै व्यावसायीक सुरक्षा र संस्थाको विकास तथा प्रवर्दनका लागी अघि वढ्ने महत्वपुर्ण निर्णय गरेको जानकारी गराउदै ५ बुदे माग राख्दै मुख्यमन्त्री भट्टलाई बुधबार ज्ञपन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विगत तिन वर्ष देखि वन्द अवस्थामा रहेको कैलालीको टिकापुर स्थित सात न. प्रदेशकै पहिलो व्यावसायीक रेडियो फुलवारी एफ.एम. पुनः संचालनका लागी आवश्यक पहलका साथै सुरक्षाको पुर्ण ग्यारेन्टी गर्नुपर्ने, रेडियो उपकरणहरु खरिदका लागी आवश्यक वजेट को व्यावस्था प्रदेश सरकारले गर्नु पर्ने, व्यासायीक रेडियोहरुले अहिले खेप्दै आएको विद्युत महशुल भारलाई कम गर्न प्रदेश सरकार वाट वैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र मार्फत अनुदानमा उपलव्ध हुने सौर्य उर्जा प्रणाली व्यावसयीक रेडियोहरुलाई उपलव्ध गराउनका लागी पहल गर्नु पर्ने, पहुँचका आधारमा सिमित रेडियोलाई मात्रै वितरण गरीदै आएको विज्ञापन लाई व्यास्थीत गर्दे प्रदेश सरकारले समानुपातीक ढंगले वितरण गर्नु पर्ने र स्थानिय तहलाई एफएम ईजाजत दिने निर्णय खारेज गरी संचालनमा रहेको रेडियोलाई व्यास्थीत गर्नु पर्ने माग सहति ध्यानाकर्षण पत्र पेश गरेको हो ।

साथै रेडियोहरुका लागी लागु गरीएको संगीत रोयल्टी खारेज गर्नु पर्ने र पछिल्लो समयमा रेडियो संचालनमा सुरक्षा चुनौती थपिदै गएकोले प्रदेश सरकारले सुरक्षाको पुर्ण ग्यारेन्टी गर्नु पर्ने माग गरीएको छ । साथै आजै वानले आन्तरीक मामिला तथा कानुनमन्त्री प्रकाश शाह लाई समेत ध्यानाकर्षण पत्र पेश गरेको छ । ज्ञापन पत्र वुझ्दै मन्त्री शाहले वैकल्पीक उर्जा प्रवद्र्धन मार्फत अनुदानमा सौर्य प्रणाली जडानका लागी आवश्यक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

व्रोडकाष्टीङ एसोसिएसन अफ नेपाल (वान) का प्रदेश संयोजक ज्ञानेन्द्र सिंंह महता को नेतृत्वमा गएको प्रतिनिधि मण्डलमा वानका उपमहासचिव गोविन्द रोज्यारा, केन्द्रयि सदस्य हरी जोशी, वानका प्रदेश सल्लाहकार रमेश वजगाई, सह–संयोजक महेश अवस्थी, सचिव खकेन्द्र जैशी, कोषाध्यक्ष वासुदेव भट्ट शितल, सदस्य हरिभान साउद, वलराम चौधरी, भोजराज पन्त, लिलाजंग शाही, लगाएतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!