रैराङ हाइड्रोपावरको शेयर रजिष्ट्रेशन कार्य गर्ने जिम्मा भिवोर क्यापिटललाई

मा प्रकाशित


काठमाडौ ।

रैराङ हाइड्रोपावर डेभलपमैन्ट कम्पनीको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्यहरु भिवोर क्यापिटल लिमिटेडले गर्ने भएको छ।

कम्पनीको शेयर रजिष्ट्रेशन कार्यको लागि रैराङ हाइड्रोपार डेभलपमेन्ट कम्पनी र भिवोर क्यापिटल बिच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका तर्फबाट कम्पनीका कार्यकारी संचालक गुरु प्रसाद न्यौपाने र भिवोर क्यापिटल लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत बद्री बिक्रम थापाले हस्ताक्षर गरेको हो ।

थापाथलीस्थित ट्रेड टावरको चौथो तल्लामा अवस्थित भिवोर क्यापिटलले असार १ गतेदेखि रैराङ हाइड्रोपावरको शेयर रजिष्ट्रेशन सम्बन्धी सम्पूर्ण कार्य गर्ने रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!