रेडियोमा अन्तर्वार्ता दिँदै गर्दा विप्लवका कार्यकर्ता पक्राउ

मा प्रकाशित


कैलाली ।

कैलाली प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्तालाई लम्की स्थित रेडियो स्टेशनबाट पक्राउ गरेको छ।

प्रहरीले रेडियो पश्चिम आवाजमा अन्तर्वार्ता दिँदादिँदै नेकपाका कार्यकर्ता दिलबहादुर साउदलाई पक्राउ गरेको हो। उनलाई रेडियो स्टेशनबाटै प्रहरीले पक्राउ गरेको भन्दै नेपाल पत्रकार महासंघ, कैलाली, नेपाल प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर, आदिवासी जनजाति महासंघ फोनिज लगायतले विज्ञप्ति निकाल्दै आपत्ति प्रकट गरेका छन्।

पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हनन हुनेगरी निरंकुश शैलीमा प्रहरीले सञ्चार माध्यम भित्रै प्रवेश गरी धरपकड गरेकोमा भर्त्सना गर्दै अबदेखि यस्ता घटना दोहोरिन नदिन आग्रह समेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!