मोदीको स्वागतमा ५० हजार मान्छे उतार्न सर्कुलर

मा प्रकाशित


काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतमा जनकपुरमा भव्य तयारी भइरहेको छ । मोदीको सम्बोधन गर्ने सभामा ५० हजार मान्छे उतार्न प्रदेश सरकारले आठ जिल्लामा सर्कुलरसमेत गरेको छ ।

मोदी यही वैशाख २८ गते पटनाबाट सीधै जनकपुर आउनेछन् । त्यसपछि काठमाडौं हुँदै मुस्ताङ जाने तयारी छ । बाह्रबिघा मैदानमा मोदी सवार हेलिकोप्टर अवतरण गर्ने छ ।

मोदीको सुरक्षा व्यवस्थाका लागि जनकपुरमा पाँच घेरामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने छ । यसबाहेक सुरक्षा अवस्था बुझ्न भारतीय सुरक्षाकर्मी सोमबार नै जनकपुर आइसकेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बताएका छन् ।

मोदीको नेपाल भ्रमण नाकाबन्दीदेखि बिग्रेको सम्बन्ध पुनस्थापित गर्न लक्षित गर्ने दिल्लीको तयारी छ । यो खबर आजको नयाँ पत्रिकामा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!