महेन्द्रनगरमा बम विस्फोट, अनुसन्धान जारी

मा प्रकाशित


कञ्चनपुर ।

कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजारमा एकाबिहानै बम विस्फोट भएको छ ।

महेन्द्रनगरको भानु पाटी प्यालेस र सिटी हलको बीचमा नगर विकास समितिको जग्गा लिज लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधिन भवनमा बिहान बम विस्फोट भएको सञ्चालक कैलाश सुनारले बताउनुभयो ।

बम कस्ले विस्फोट गराएको भन्ने खुल्न सकेको छैन ।

बम विष्फोटबाट मानवीय क्षती नभएपनि निर्माणाधिन भवनको पर्खाल प्वाल परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता ज्ञान बहादुर सेटीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ । – रेडियो एनआरएनबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!