भारतीय प्रधानमन्त्री मोदी नेपालमा

मा प्रकाशित


काठमाडौं ।
नेपालको दुईदिने धार्मिक भ्रमणका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आएका छन् । शुक्रबार बिहान एयर इन्डियाको विमानमार्फत उनी सीधै जनकपुर आएका थिए ।

जनकपुर विमानस्थलमा भारतीय प्रधानमन्त्री मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए ।

त्यसपछि मोदी जानकी मन्दिरमा पुजाका लागि पुगेका थिए । उनलाई जानकी मन्दिरमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका थिए भने काठमाडौं विमानस्थलमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए ।

जानकी मन्दिरबाट दुवै देशका प्रधानमन्त्रीले जनकपुर अयोध्या बस सेवाको शुभारम्भ गर्नुका साथै रामायण सर्किटको उद्घाटन पनि गरिएको थियो ।

त्यसपछि जनकपुरमा मोदीलाई अभिनन्दन गरिएको थियो ।

जनकपुरबाट काठमाडौं आइपुगेका भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वागत गरेका थिए । काठमाडौं ओर्लिएपछि मोदीले शुक्रबार नै राजनीतिक भेटवार्ता पनि जारी राखे ।

उनलाई काठमाडौंमा सरकारले गार्ड अफ अनर प्रदान गरेको थियो । त्यसपछि मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनलाई छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । राष्ट्रपतिसँगको भेटवार्तापछि होटल द्वारिकाजमा प्रधानमन्त्री ओली र भारतीय समकक्षीबीच एक्लाएक्लै वार्ता भएको थियो ।

प्रधानमन्त्री मोदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गर्नेछन् भने त्यसपछि शनिबार नै उनले पशुपतिनाथ मन्दिरमा पनि पुजा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: