भारतीय प्रधानमन्त्री मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने

मा प्रकाशित


काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा पनि नागरिक अभिनन्दन हुने भएको छ।

जनकपुरमा मात्र अभिनन्दन हुने कार्यक्रम रहेको बताइए पनि परराष्ट्र मन्त्रालयले काठमाडौंमा पनि अभिनन्दन हुने कार्यक्रम रहेको शुक्रबार सार्वजनिक गरेको छ।

काठमाडौंमा पनि उनको अभिनन्दनका लागि तयारी सुरु भइसकेको छ। स्रोतका अनुसार प्रदर्शनीस्थलस्थित राष्ट्रिय सभागृहमा मोदीको अभिनन्दन हुने कार्यक्रम छ।

आगामी २८ गते दुई दिने राजकीय भ्रमणमा आउन लागेका मोदी बौद्धस्थित हायात होटलमा बस्नेछन्। उनी पटनाबाट हेलिकप्टरमा जनकपुर हुँदै नेपाल भ्रमणमा आउन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!