बैतडीमा एम्बुलेन्स दुर्घटना : बिरामी सहित चार घाईते

मा प्रकाशित


नरी बडु,
बैतडी ।

बिरामी बोकेर दार्चुलाको मालिकार्जुन गाँउपालिकाबाट धनगडीतर्फ जादै गरेको एम्बुलेन्स बैतडीको सुर्नयाँ गाँउपालिका– ३ धर्मघर नजिक दुर्घटना हुदा बिरामी सहित चार जना घाईते भएका छन् ।

म १ ज १०३ नम्बरको एम्बुलेन्स गयराती साढे तीन बजे सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, बैतडीले जनाएको छ ।

घाईते हुनेमा व्याँस गाँउपालिका– ६ बेसरीका बरामी ५५ वर्षीय बिष्णुदत्त भट्ट उनका आफन्त ४० वर्षीय देवदत्त भट्ट, १८ वर्षीय गणेशदत्त भट्ट र एम्बुलेन्स चालक मालिकार्जुन गाँउपालिका– ८ का गोबिन्द धामी रहेको प्रहरीले जनाएको छ ।

घाईते सबैको अहिले जिल्ला अस्पताल बैतडीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!