बैतडीमा अप्रत्यक्ष रुपमा महिला हिंसा र जातीय विभेद कायमै 

मा प्रकाशित


बैतडी ।

प्रत्यक्ष रुपमा नदेखिएपनि अप्रत्यक्ष रुपमा जिल्लामा महिला हिंसा र जातीय विभेद विद्यमान रहेको जिल्ला स्थित सरोकारवालाहरुले बताएका छन् । जिल्लाको मानव अधिकार अवस्था बारे बुझ्न बैतडी पुगेको टोलीसंगको भेटघाटमा जिल्ला स्थित सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

“देखिने गरेर दातीय विभेद गरेको नपाईए पनि भित्रि रुपमा दलितहरुले विभेद सहन बाध्य छन्, तर प्रक्रियागत रुपमा हामीहरुलाई उजुरी नआउदा कानून कार्यान्वयनमा पनि समस्या छ ।” प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भने ।

जातीय विभेदको अन्त्यका लागि जिल्लाका विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थामा कार्यरत कर्मचारी, पदाधिकारी, जनप्रतिनिधि र राजनितिक दलका नेता तथा कार्यकर्ताहरुले सामुहिक रुपमा लाग्नु पर्नेमा प्रमुख जिल्ला अधिकारी जोशीले जोड दिनुभयो ।

“लगत्तै सबै सरोकारवालाहरुलाई दलित बस्तीमा गलेर सामुहिक भोजको आयोजना गर्ने योजना बारेपनि छलफल भईरहेको छ ।” उनले भने ।

अहिलेसम्म प्रहरीमा आउने महिला हिंसाका उजुरीहरु मध्ये अधिकांश निम्न वर्ग तथा दलित समुदायबाट आउने गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख हेरम्ब शर्माले बताए । “बेलुका श्रीमानले कुटपीट ग¥यो भनेर आउँछन्, भोलिपल्ट ११ सय तिरेर आफैले छुटाएर लग्नुपर्ने बाध्यता छ यहाँका महिलाहरुलाई ।” शर्माले भने ।

टोलीले प्रहरी प्रशासन, कारागार, जिल्लामा रहेका मानव अधिकारकर्मी, राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरुसंग जिल्लाको समग्र मानव अधिकारको अवस्थाबारे बुझ्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!