बिप्लवका कार्यकर्ताद्धारा चर्चमा बम बिष्फोट

मा प्रकाशित


कैलाली।

नेत्र बिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले धनगढी उपमहानगरपालिका—४ बोराडाँडीमा रहेको महिमा चर्चमा बम बिष्फोट गरेको छ ।
बम बिष्फोटनबाट ३ वटा झयालको शिसा र पर्खालमा क्षति भएको छ ।

रातिको समयमा चर्चमा कोही नबस्ने भएकोले मानवीय क्षति भने हुन पाएन । पर्खालमा बम विष्फोट भएका कारण कम क्षति भएको हो ।
शनिवार राति करीव ११ बजेर २५ मिनेटमा विप्लवका कार्यकर्ताहरुले चर्चमा बिष्फोट गरेको प्रहरीले जनाएको छ ।

घट्नाको जानकारी पाएको १५ मिनेटमा प्रहरी घट्नास्थलमा पुगेको थियो ।

प्रहरीले विप्लवका कार्यकर्ताले प्रेसर कुकर बम विष्फोट गरेको जनाएको छ । बन्दको पूर्व सन्ध्यामा बम बिष्फोट गरेको विप्लवका कार्यकताले कैलालीमा चर्चमा गरेको यो पहिलो आक्रमण हो । – पश्चिम टुडे 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!