बहुमतले पारित भयाे सरकारको नीति तथा कार्यक्रम

मा प्रकाशित


काठमाडौं । प्रतिनिधिसभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ।

आइतबार सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभामा सो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो। सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामा निर्णयार्थ पेश गरेको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो।

गत जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गरेकी थिइन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस नीतिको आलोचना गरेको थियो भने संघीय समाजवादी फोरम र राजपाले संविधान संशोधन गर्ने प्रतिबद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए।

अर्थमन्त्री डा युवराज खतिवडाले आगामी मंगलबार दिउँसो ४ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७५/०७६ को बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!