बरमुडेमा खानेपानीको समस्या

मा प्रकाशित


बैतडी ।

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नं ५ बरमुडेमा खानेपानीको समस्या भएको छ । बस्ती नजिक पानीको मूहान नहुँदा खानेपानीको समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

बर्षौंदेखि आफूहरुले १ घण्टा टाढा रहेको मूहानबाट खानेपानी ल्याउने गरेको स्थानीय केशवसिंह साउँदले बताउनुभयो । बस्ती माथि डाँडोमा भएकाले आफूहरुले खानेपानीका लागि भौतारिनु परीरहेको उहाँले बताउनुभयो ।

बस्तीभन्दा तलतिर रहेको मूहानबाट लिफ्टबाट खानेपानी योजना ल्याउने भनेर धेरै पटक सर्वे भएको भएपनि खानेपानीको समस्या समाधान हुन नसकेको स्थानिय रमेश खत्रीले बताउनुभयो ।

बरमुडेमा रहेको खानेपानी समस्या समाधानका लागि शैल्यशिखर नगरपालिकाको ध्यान जानुपर्ने स्थानीयबासीको माग छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!