प्रदेशसभाका सांसद लामिछानेको निधन

मा प्रकाशित


काठमाडौं ।
प्रदेश नम्बर ३ अन्तर्गत भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको मस्तिष्काघातका कारण मृत्यु भएको छ ।

आइतबार नै ब्रेनडेथ भएको चिकित्सकले अनौपचारिक जानकारी गराए पनि सोमबार १ बजे मृत घोषणा गरिएको हो।

मस्तिष्काघात भएपछि उनको आइतबार दिउँसोदेखि काठमाडौं मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको थियो।

लामिछाने भक्तपुर क्षेत्र नम्बर १ (ख)बाट नेकपा (एमाले)का तर्फबाट विजयी भएका थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!