पाटनमा तरुणदलको प्रशिक्षण कार्यक्रम

मा प्रकाशित


बैतडी ।

नेपाली काँग्रेसको भातृ संगठन तरुणदलको प्रशिक्षण कार्यक्रम आज हुने भएको छ । बैतडी पाटन स्थीत महिला बिकाश हलमा दिइने प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेस प्रवक्ता विश्वप्रकास शर्माले प्रशिक्षण गर्नुहुनेछ ।

प्रशिक्षण कार्यक्रमका लागी प्रबक्ता शर्मा बैतडी पुग्नुभएको छ । प्रशिक्षणमा देशमा बाम गठबन्धनको सरकार रहेको अवस्थामा सरकारले गर्ने हरेक कामको खबरदारी गर्न तरुणदलले आफ्ना युवा कार्यकर्तालाई प्रशिक्षण दिन लागेको हो ।

तरुण दलले सरकारको सकारात्मक कामलाई रचनात्मक सहयोग गर्ने र नराम्रा कामका बारेमा खबरदारी गर्ने बिषयमा प्रशिक्षण केन्द्रीत हुने तरुणदल बैतडीका नव नियुक्त प्रबक्ता महेश भट्टले बताउनुभयो ।

बैतडीमा हुने प्रशिक्षण कार्यक्रममा जिल्लाका दशवटै स्थानीयतहबाट १०/१० जना दरुणदलका प्रतिनिधिहरुको उपस्थिति रहने उहाले बताउनुभयो । प्रशिक्षण कार्यक्रम बैतडी लगायत देशका ७७ वटै जिल्लामा एकैसाथ चल्न लागेको हो ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!