नेकपाको बन्दका कारण लामो दुरीका बस चलेनन्

मा प्रकाशित


सीपी लोहिया,
बैतडी ।

नेत्र बिक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्दको प्रभाव बैतडीमा आसिंक रुपमा परेको छ ।

आइतबार बिहान बैतडीबाट तराई तथा काठ्माण्डौका लागी छुट्ने लामो दुरीका बसहरु चलेनन् । बसहरु नचल्दा यात्रु बाटोमै अलपत्र परेका थिए ।

बैतडीबाट दिवा सेवा अन्तरगत बिहान चल्ने बसहरु नचलेपनि रात्री सेवा अन्तरगतका बसहरु सञ्चालनमा आएकोले बिहानको गाडिमा जान बषपार्क पुगेका यात्रुहरुलाई साँझ चल्ने गाडिमा पठाएको बस ब्यवसायी समितिहरुले जनाएका छन् । बैतडीबाट हरेक दिन बिहान ६ बस लामो दुरीका लागी छुट्ने गर्दछन् ।

बिहानै सरसामान सहित बस पर्खेका यात्रुहरुहरुलाई रात्रिसेवा अन्तरगतका बसमा पठाइएको महाकाली बस काउन्टर गोठलापानीका बुकिङ कलर्क करन साउदले बताए ।

जिल्लामा छोटो दुरीका सवारी साधनहरु भने पुर्ण रुपमा सञ्चालनमा आएको ब्यवसायीहरुले बताएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको नेपाल भ्रमणको बिरोध गर्दै नेकपाले १ दिने नेपाल बन्दको आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: