निर्माणाधीन आकासे पुल खस्दा मृत्यु हुनेकाे संख्या १८ पुग्याे, भग्नावशेषमा मानिसहरू अझै च्यापिएका छन्

मा प्रकाशित


नयाँ दिल्ली । उत्तर भारतकाे वाराणसीमा सडकमाथि निमार्णाधीन आकासे पुल (फ्लार्इ अाेभर) भत्किँदा मृत्यु हुनेकाे संख्या १८ पुगेकाे छ । मङ्गलबार भत्किएकाे भग्नावशेषमा फसेर कैयाैं व्यक्ति घाइते भएकाे स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

वाराणसी जिल्लाको सेनाको अस्थायी शिविर रहेको क्षेत्रमा निर्माण हुँदै गरेको आकासे पुल भत्किएको र उक्त घटना उत्तर प्रदेशको राजधानी लखनऊबाट ३०६ किलोमिटर दक्षिणपूर्वमा रहेकाे जनाइकाे छ । याे क्षेत्र प्रधानमन्त्री नरेन्द्र माेदीकाे संसदीय क्षेत्र हाे ।

भारतीय अधिकारीका अनुसार निर्माणाधीन आकासे पुलका दुई वटा पिलर भत्किँदा रोडा र सिमेन्टले बनेको विशाल संरचना सडकमा गुडिरहेका गाडी र मानिसमाथि खस्दा मानवीय क्षति हुनपुगेको बताइएको छ । बस तथा कारमा यात्रा गरिरहेका मानिस हताहत भएका हुन् ।

घटनास्थलमा केही गाडी र मानिसहरू भत्किएको पुलको संरचनाले थिचेको छ भने केही घाइतेको सङ्ख्या गम्भीर रहेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ ।

एक प्रहरी अधिकारीले घटनामा केही व्यक्तिको निधन भएको भएपनि उद्धार जारी रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने बताइएकाे छ । थप जानकारी उद्धार सकिएपछि दिन सकिने उनले बताए ।

स्थानीय टेलीभिजन च्यानल एएनआईले पनि घटनामा १२ जनाको मृत्यु भएको र अन्य केही भग्नाबशेषमा फसेको जनाएको छ । मृतक तथा फसेका अधिकांश व्यक्ति श्रमिक, पैदलयात्रु र केही काम हेरिरहेका दर्शक परेका एक जना प्रत्यक्षदर्शीले बताएका छन् । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!