नयाँ पार्टी नेकपाको संसदीय दलको नेतामा केपी ओली सर्वसम्मत

मा प्रकाशित


काठमाडौँ ।
एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत चयन भएका छन्।

बानेश्वरमा बसेको संसदीय दलको बैठकले ओलीलाई नेता चयन गरेको हो। सांसद देवप्रसाद गुरुङले ओलीलाई दलको नेता बनाउने प्रस्ताव गरेका थिए। उनको प्रस्ताव सर्वसम्मत पारित भएको हो।

दुई पार्टीबीच जेठ ३ गते एकता भएको थियो। यसअघि माओवादी केन्द्रबाट संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड थिए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!