धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी

मा प्रकाशित


धनगढी । धनगढीमा लघुुकथा विमर्श र वाचन गोष्ठी सम्पन्न भएको छ । लघुकथा समाज, काठमाडौं र नेपाल वाङ्मय परिषद, धनगढीका आयोजनामा गत बिहीबार भएको सो समारोहको अध्यक्षता नेपाल वाङ्मय परिषदका अध्यक्ष डा. पुुष्करराज भट्ट र प्रमुुख अतिथि लघुकथा समाजका कोषाध्यक्ष सुुमन सौरभ थिए । कार्यक्रमको सञ्चालन नेपाल वाङ्मय परिषदका कोषाध्यक्ष तिलकबहादुुर सिंह एवम् स्वागत भाषण उपाध्यक्ष मेघनाथ खनालले गरेका थिए ।

कार्यक्रममा आफ्नो विचार राख्ने क्रममा सुुमन सौरभले नेपाली साहित्यका क्षेत्रमा लघुुकथा समाजले गरेका क्रियाकलापको बारेमा चर्चा गर्नाका साथै लघुकथा बन्न आवश्यक तत्वका बारेमा समेत चर्चा गरे । कार्यक्रममा सहभागीहरुले नेपाली लघुुकथा विषयमा आफ्ना जिज्ञासा एवम् विचार प्रस्तुुत राखेका थिए ।

यस गोष्ठीमा श्रेष्ठ प्रिया पत्थर, हेमन्ती जोशी, जनक रसिक, पुुष्पा जोशी, डिल्लीराज जोशी, मिन बाब्ली, प्रदिप उदास, कलम चलाउने, दुुर्गा अबि साधक, मेघनाथ खनाल, योगराज आचार्य, रामचन्द्र जोशी, केदारप्रसाद आचार्य, सिद्ध आचार्यले आफ्ना रचना वाचन र लघुुकथा विमर्शमा भाग लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: