दोगडाकेदार गाउँपालिका कार्यालयमा सिसिटिभी क्यामेरा जडान

मा प्रकाशित


बैतडी ।

भष्टाचार मुक्त र जनतामुखी गाउँपालिका बनाउन उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसिटिभी क्यामेरा जडान गरेको छ ।

कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई दिईने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसिटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिनुभयो । नागरिकसंग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसिटिभी क्यामेरा जडान गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका विभिन्न शाखा तथा फाँटहरुका गरी आठ वटा क्यामेरा जडान गरिएको जनाएको छ । सिसिटिभी क्यामरा जडानले कार्यालयको सुरक्षा र कर्मचारी लापरवाही नियन्त्रणमा आउने गाउँपालिकाको अपेक्षा रहेको छ ।

क्यामेरा जडानले काम प्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदेही बनाउनुका साथै यसवाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता हुने विश्वास गरिएको छ ।

कार्यालयको सबै कार्यलाई पारदर्शी ढंगले अगाडि बढाउनका लागि आधुनिक प्रविधिको प्रयोगमा दोगडाकेदार गाउँपालिकाले जोड दिएको छ । गाउपाँलिकाले यसअघि ई हाजिरीको प्रयोग समेत सुरु गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: