दार्चुलाका दुई बिद्यालयमा इ–हाजीरी सेवा सुरु

मा प्रकाशित


बैतडी ।

दार्चुलाको नौगाड गाँउपालिकामा रहेका दुई बिद्यालयमा इ–हाजीरी सेवा सुरु भएको छ ।

नौगाड ६ मा रहेको जनहित माबि धुलिगाडा र सिप्टिमा रहेको गणेश बिनायक मा बिमा पनि इ हाजीरी सुरु भएको सम्बन्धीत बिद्यालयहरुले जनाएका छन् ।

इ हाजीरी सेवा हिजो बाट सुरु भए पछी बिद्यालयमा शिक्षकहरुको नियमितता बड्ने जनहित माबिका प्रधानाध्यापक बहादुर सिंह ठगुन्नाले बताउनुभयो ।

गाउपालिकाको सहयोगमा इ हाजीरी सुरु गरिएको हो । यसअघि गाउपालिका कार्यालय र स्वास्थ्य चौकीहरुमा इ हाजीरी सुरु भई सकेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: