गोली प्रहार गरी नौ लाख लुट्ने लुटेरा पक्राउ

मा प्रकाशित


कैलाली ।

कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली हानेर ९ लुटपाटगरी भागेका दुई जनालाई ३० मिनेट नबित्दै प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नौ लाख रुपैया सहित कैलालीको गेटाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुबाट एक थान मोटरसाईकल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

बिहान १० बजे धनगढीको चौराहास्थित क्रिष्टल होटलको अगाडि मुल सडकमै आईएमईका कर्मचारी निर्मल कार्कीलाई गोली प्रहार गरी दुई जनाले ९ लाख ५० हजार लुटेर लगेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!