गाँउपालिकाले बिद्यालयमा मोबाइल लैजान लगायो प्रतिबन्ध

मा प्रकाशित


बैतडी ।

बैतडीको दोगडाकेदार गाँउपालिकाले बिद्यालयमा मोबाइल लैजान प्रतिबन्ध लगाएको छ ।

मोबाइलको प्रयोगका कारण पनि केहि हद सम्म शिक्षाको गुणस्तर घटेको भन्दै गाँउपालिकाले बिद्यालयमा मोबाइलको प्रयोग नगर्न गाँउपालिका भित्र रहेका सबै बिद्यालयमा परिपत्र गरेको छ ।

पढाइका बेला समेत बिद्यार्थीहरु मोबाइलमै गेम खेलेर बस्ने तथा फेसबुक चलाएर बस्ने भएपछि बिद्यालयमा मोबाइल रोक लगाएको गाँउपालिका अध्यक्ष चक्र कार्किले बताउनुभयो । यस्ले गर्दा केटाकेटि फोन बाटै प्रेम भएर बाल बिवाह हुने सम्भावना पनि घटेको उहाँले बताउनुभयो ।

गाँउपालिकाले बिद्यालयमा मोबाईल लैजान रोक लगाएपछि बिद्यार्थीहरुले बिद्यालयमा मोबाईल लैजान छोडेको चनैराज माबि दोगडाकेदार ३ का प्रधानाध्यापक कैलाश कुमार भट्टले बताउनुभयो ।

गाँउपालिकाको परिपत्र अनुसार आफुहरुले बिद्यालयमा मोबाइल ल्याउन छाडेको र ल्याए पनि कक्षा कोठामा नलगि कार्यालयमै छोड्ने गरेको उहाँले बताउनुभयो ।

कुनै बिद्यार्थीले बिद्यालयमा मोबाइल प्रयोग गरेको पाइएमा अविभावकलाई फोन गरि बुझाइदिने गरेको उहाँले बताउनुभयो । गाँउपालिकाले शिक्षक, बिद्यार्थी र समग्र बिद्यालयको हितका लागी यो कार्य गरेको सनातन धर्म माबि श्रीकोटका प्रधानाध्यापक बलदेब नाथले बताउनुभयो ।

गाँउपालिकाको यो निर्णय नमान्ने बिद्यालयलाई गाँउपालिकाबाट दिइने सेवा सुबिधामा पुर्ण रुपले कतौति गर्ने गाँउपालिका अध्यक्ष चक्र कार्किले बताउनुभयो । दोगडाकेदार गाउपालिकामा १२ माध्यमिक विद्यालय र अन्य आधारभूत गरि जम्मा ५९ बिद्यालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!