एमाले र माओवादी विघटन ! आजै नयाँ दल दर्ता

मा प्रकाशित


काठमाडौं ।

एकता प्रक्रियामा रहेका नेकपा एमाले र माओवादी केन्द्र विघटन भएको छ । दुई दल मिलेर ‘नेकपा कम्युनिष्ट पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्दैछन् ।

एकता घोषणा पूर्व एमालेको केन्द्रीय कार्यसमिति र माओवादीको सचिवालयको विस्तारित बैठक बसेको छ ।

एमालेको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा र माओवादीको प्रचण्ड निवास खुमलटारमा बैठक बसेको हो । अब केही बेरमा नै प्रधानमन्त्री निवास बालुवाटारमा एकीकृत पार्टीको बैठक बस्दैछ ।

दुई दलले ‘नेपाल कम्युनिष्ट पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनेछन् । तर, यो नाम गरेको पार्टी अहिले नै निर्वाचन आयोगमा दर्ता भएकाले समस्या भएको छ ।

स्रोतका अनुसार यहि नाममा निवेदन दिने र दल दर्ता प्रक्रियाअघि बढाउँदै समस्या परे संशोधन गर्ने सहमति भएको छ । एमालेको बैठकमा नेता बामदेव गौतमले ‘नेकपा कम्युनिष्ट पार्टी’ का पछाडि केही थप्ने विकल्प दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!