एमाले माओवादी नेताको उद्घोष एकता आजै

मा प्रकाशित


काठमाण्डौ ।

पार्टी एकताको अन्तिम चरणमा रहेका नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षले आजै पार्टी एकता हुने बताएका छन् ।

जननेता मदन भण्डारीको स्मृति दिवसमा एमालेले राजधानीको बुल्खु स्थित पुरानो पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकिकरण घोषणा आजै हुने बताउनु भएको हो ।

एकताको प्रक्रियागत कार्य आजै टुंगो लगाउने बताउदै प्रधानमन्त्री ओलीले एकीकरण पछि बन्ने बृहत पार्टीबाट डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नु भयो । संयुक्त केन्द्रिय समितिको बैठकपछि प्रक्रियागत एकता हुने बताउदै अध्यक्ष ओलीले आफुहरु दुवै पार्टी एकता प्रति उत्साहित रहेको बताउनुभयो ।

कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले मदन–आश्रित स्मृति दिवसकै अवसर पारेर एमाले–माओवादी एकता गर्न आफैँले प्रस्ताव गरेको बताउनु भएको छ । प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनमा नयाँ प्रक्रिया शुरु भएको दिनको रूपमा समेत परिचित हुने जानकारी गराउनु भयो । मदन–आश्रित स्मृति दिवसमा माओवादी पहिलो पटक सहभागी भएको हो ।

यसैबीच, प्रधानमन्त्री निवास बालुवाटार परिसरमा ओली र प्रचण्डले अणु वमले पनि क्षति गर्न नसक्ने विरुवा रोपेर पार्टी एकताको उदघोष गरेका छन् । बालुवाटारमा रोपिएको जिन्को प्रजातिको बनस्पतिले वर्षमा तीनपटक रंग फेर्छ । अणु वमले पनि ध्वस्त गर्न नसकेको प्रजातिका रुपमा जिन्कोलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!