असिना पानिले शुक्खा फलफुल बिकाश केन्द्र सतबाँजका बेर्नाहरुमा क्षति

मा प्रकाशित


बैतडी ।

यहि जेठ २ गते र ३ गते परेको असिना पानिले शुक्खा फलफुल बिकाश केन्द्र सतबाँजमा क्षति पु¥याएको छ ।

असिना पानिले १० रोपनीमा लगाएको तरकारी तथा तरकारीका बेर्नाहरु सखाप गरेको सुक्खा फलफुल बिकाश केन्द्र सतबाँजका निमित्त कार्यालय प्रमुख लक्ष्मी दत्त पाण्डेयले बताउनुभयो ।

लगातार लामो समय सम्म असिना पानि परेपछि ५रोपनि खेतमा लगाएको बन्दा, तथा ५ रोपनि मा लगाएको अन्य तरकारी नष्ट भएको उहाँले बताउनुभयो ।

यस्तै कलमी गरेका फलफुल र तरकारीका बेर्ना समेत नष्ट भएका छन् । यसका साथै हावाहुरीले प्लाष्टीक घर समेत भक्ताएको थियो ।

लामो समय मेहेनत गरेर लगाइएको खेति नष्ट भएसगै ३ लाख रुपया बढिको नोक्सान भएको सुक्खा फलफुल बिकाश केन्द्रका निमित्त प्रमुख पाण्डेयले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!