३ सय प्रहरीको बढुवा

मा प्रकाशित


काठमाडौ । प्रहरी प्रधान कार्यालयले आइतबार ३ सय जवनलाई हवल्दार पदमा बढुवा गरेको छ। कार्यालयले रिक्त रहेका पदमा बढुवा अघि बढाएको हो ।

एक साताअघिको सिफारिसमा उजुरी नपरेपछि उनीहरुको बढुवा गरि पदस्थापन गरिएको हो।

गत बिहिबार मात्र करिब ५ हजार सिपाहीको एकैपटक सरुवा भएको थियो। त्यसअघि ७३ सइको बढुवा सिफारीस भएको थियो।

तल्लो तहमा धमाधम बढुवा भएपनि माथिल्लो तहमा भने बढुवा प्रक्रिया सुरु हुन सकेको छैन। एआईजीको दरबन्दी टुंगो नलाग्दा माथिल्ला पदमा बढुवा सुरु हुन नसकेको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!