शिक्षाका नाममा व्यापारः वार्षिक शुल्कबाटै असुल्छन् ८ अर्ब

मा प्रकाशित


काठमाडौं ।

निजी विद्यालयहरुले वार्षिक शुल्कबापत अभिभावकसँग बर्सेनि आठ अर्ब रुपैयाँ असुल्दै आएका छन् ।

निजी विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को तथ्यांक अनुसार हाल देशभर साढे ६ हजार निजी विद्यालय सञ्चालनमा छन् । ती विद्यालयमा १८ लाख बालबालिका अध्ययनरत छन् ।

काठमाडौं, ललितपुर र भक्तपुरका १६ सय निजी विद्यालयमा आठ लाख बालबालिका अध्ययन गर्छन् ।

उपत्यकामा सञ्चालित निजी विद्यालयहरुले नानीहरुको नयाँ भर्नाका लागि र सोही विद्यालयमा अध्ययन गरी कक्षा उत्तीर्ण भए पनि नयाँ कक्षामा नाम लेखाउन वार्षिक शुल्क शीर्षकमा पाँच हजारदेखि ७० हजार रुपैयाँसम्म असुलेको फेला परेको छ ।

औषतमा प्रतिविद्यार्थी १० हजार रुपैयाँका दरले हिसाब गर्दा पनि उपत्यकाका निजी विद्यालयहरुले विद्यार्थीको वार्षिक शुल्कबाट ८ अर्ब रुपैयाँ असुलेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!