रजनीकान्त र सलमान खान भिड्दै

मा प्रकाशित


दक्षिण भारतीय सुपर स्टार रजनीकान्तले आफ्नो आउने फिल्म ‘काला’ १५ जुनमा रिलिज गर्ने भएपछि बक्स अफिसमा उनको र सलमान खानको भिडन्त निश्चित भएको छ।

भारतीय मिदियाहरूका अनुसार पहिले यो चलचित्रलाई २७ अप्रिलमा रिलिज गरिने गरी तयारी भइरहेको थियो तर निर्माण पक्षले रिलिज डेट १५ जुन तय गरेपछि सलमान खानको ‘रेस ३’सँग रजनीको ‘काला’को भिडन्त हुने देखिएको छ।

भारतीय बक्स अफिसमा सलमान र रजनीकान्त दुबैको लोकप्रियता चरममा रहेको बेला यसप्रकारको भिडन्त रोचक हुने बलिउड ट्रेड दिग्गजहरूको भनाइ रहेको छ।

‘काला’को निर्माण रजनीकान्तका ज्वाईं धनुषले गर्दैछन् भने यसको निर्देशन पा रंजितले गर्दैछन्। चलचित्रमा उनले डनको भूमिका निर्वाह गर्दैछन्।

उता ‘रेस-३’ रेस शृंखलाको सिक्वेल हो। यसका पछिल्ला भागहरूले बक्स अफिसमा उल्लेख्य सफलता हात पारिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!