बिडिसिए क्रिकेट कपको फाइनलमा त्रिपुरा क्रिकेट क्लब

मा प्रकाशित


बैतडी ।
बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिपुरा क्रिकेट क्लब प्रवेश गरेको छ ।

आइतबार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौँमा भएको सेमिफाइनल खेलमा खोड्पे क्रिकेट क्लबलाई १०१ रनले हराउँदै त्रिपुरा उपाधि नजिक पुगेको हो ।

टस जितेर ब्याटिङ गरेको त्रिपुराले निर्धारित २० ओभरको खेलमा पाँच विकेट गुमाउँदै २५४ रन बनायो ।

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेले सबै विकेट गुमाउँदै १५३ रङ मै सीमित रहन पुग्यो ।

त्रिपुराका लागि तेज चन्दले शतकीय पारी खेल्दै ११५ रनको योगदान दिए । महेन्द्र मार्कण्डले ४७ रन बनाए ।

बलिङतर्फ खोड्पेका कृष्ण बिष्टले दुई विकेट लिए ।

दुई सय ५५ रनको विजय लक्ष्य पछ्याउने क्रममा खोड्पेका रुपक ऐरीले ६४ रन बनाए ।

बलिङतर्फ त्रिपुराका गणेश थापाले तीन विकेट लिए । शतकीय पारी खेलेका त्रिपुराका तेज चन्द म्यान अफ द म्याच भए ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत चैत २५ गतेदेखि शुरु भएको प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले रु ३० हजार, उपविजेताले रु २० हजार तथा म्यान अफ द सिरिजले रु पाँच हजार, ट्रफी र प्रमाणपत्र पाउने संघका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: