पञ्चेश्वरमा दलित जागरण अभियान

मा प्रकाशित


गोकर्ण दयाल,
बैतडी ।

जिल्लाको पञ्चेश्वर गाउँपालिकामा दलित जागरण अभियान सुरु भएको छ । गाउँपालिका स्तरमा गठन भएका दलित क्षमता विकास समितिले दलित अधिकार र स्थानीय सरकारका विषयमा जागरण अभियान संचालन गरको हो ।

अभियानले पञ्चेश्वर गाउँपालिका सबै वडाहरुमा स्थानीय वडा अध्यक्ष र दलित समुदायका व्यक्तिहरुलाई भेला गरी दलित समुदायका समस्या पहिचान र अवसरको खोजी गरेर गाउँपालिकाले सोही अनुसारको नीति बनाउन अभियानले साथिको रुपमा काम गर्ने प्रशिक्षक नरीराम लोहारले बताउनुभयो ।

अभियान संचाल गर्न पञ्चेश्वर गाउँपालिकाले सहयोग गरेको स्थानीय दलित युवा तथा जागरण अभियानका अभियान्ता नारायाण सार्कीले बताउनुभयो । अभियान १८ गतेबाट सुरु भएर यही चैत २५ गते समापन हुने सार्कीले बताउनुभयो ।

दलित वस्तीका समस्या पहिचान गरेर योजना तर्जुमा गर्न वडा स्तरमा दलित क्षमता विकास समिति गठन हुने अभियानले जानकारी दिएको छ । गठन भएका दलित क्षमता विकास समितिले दलित समुदायका परम्परागत सीप र पेशाहरुको संरक्षण र विकास गरेर गाउँमै रोजगारी सिर्जना गर्ने उद्देश्यले गाउँपालिकामा दलित जागरण अभियान संचालन भईरहेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादु चन्दले जानकारी दिनुभयो ।

दलित समुदायसित रहेको श्रम र सीपको पहिचान गरेर युवाहरुलाई गाउँमै रोजगारी दिन गाउँपालिकाले नीति नियम बनाउने तयारी गरेको अध्यक्ष चन्दले बताउनुभयो । पञ्चेश्वर गाउँपालकाको कुल १८ हजार जनसंख्या मध्ये दलितहरुको जनसंख्या सात हजार रहेको छ ।

फोटो क्याप्सन: पञ्चेश्वर गाउँपालिकामा आयोजना गरिएको दलित जागरण अभियानको एक दृश्य ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!