नेपाली भाषा बचाउन अभियान

मा प्रकाशित


काठमाडौँ ।
पाठ्यक्रम विकास केन्द्रले नेपाली विषयको पाठ्यक्रम निर्माणका क्रममा गरिरहेको गतिविधिप्रति नेपाली विषय बचाउ अभियानले असन्तुष्टी जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय नेपाली विभागमा एमफिल तहमा अध्ययनरत विद्यार्थीहरुले थालेको यस अभियानले पाठ्यक्रम विकास केन्द्रको कक्षा ११ र १२ मा नेपाली विषय ५०-५० पूर्णाङ्कको गराउने योजनाप्रति असन्तुष्टी जनाएको हो ।

अभियानले कक्षा ११ र १२ मा १००/१०० पूर्णाङ्कको अनिवार्य नेपाली विषय हुनुपर्ने माग गरेको छ । अभियानले यो माग सामान्य नभएर सिङ्गो नेपालाी जातिको पहिचान र राष्ट्रियतासँग गाँसिएको विषय भएकाले यसप्रति वेवास्ता गरिए राष्ट्रिय रुपमा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!