दीपक मनाङे पक्राउ

मा प्रकाशित


काठमाडौँ ।
प्रदेश ४ को मनाङबाट प्रदेशसभा ‘ख’मा निर्वाचित स्वतन्त्र सांसद् राजीव गुरुङ (दीपक मनाङे) पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले मनाङेलाई स्वयम्भूको तीनधाराबाट पक्राउ गरेको हो।

२०६१ सालमा चक्रे मिलनलाई खुकुरी प्रहार गरेको अभियोगमा राजीव गुरुङ भनिने दीपक मनाङसहितलाई सरकारले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो। बागबजारको उक्त घटनामा अन्य सम्मिलित थिए गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार। गणेश लामा हाल कांग्रेसमा आबद्ध छन् र हतियार राखेको मुद्दामा पुर्पक्षका लागि थुनामा छन्।

मनाङेले प्रदेश सभा सदस्य पद जिते पनि उनले शपथ ग्रहण गर्न पाएका छैनन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: