​बझाङमा जीप दुर्घटना हुँदा २ महिलाको मृत्यु, २ को अवस्था चिन्ताजनक

मा प्रकाशित


बझाङ ।

बझाङमा जीप दुर्घटना हुँदा २ जना महिलाको ज्यान गएको छ ।

दुर्घटनामा छविसपाथीभेरा गाउँपालिका–५, की ५२ वर्षीय सोनकोसा जाग्री र ४८ वर्षीय रुद्रा जाग्रीको ज्यान गएको प्रहरीले जनाएको छ । बुधबार बिहान छविसपाथीभेराको ब्याँसी थलाराबाट भाँडे बजारतर्फ आउँदै गरेको से १ ज ६१५ नम्बरको जीप नेटारेल्यामाटी भन्ने ठाउँमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना गम्भीर घाइते भएका छन्  । घाइते हुनेका छविसपाथीभेरा–५, कै जमान धामी र देबराज जाग्री रहेको प्रहरीले जानकारी गराएका छन् ।

घाइते दुवै जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि अस्पताल ल्याउने काम भैरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन् । – उज्यालोअनलाइनबाट

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!