साहित्यकार इन्द्रबहादुर राईको निधन

मा प्रकाशित


काठमाडौँ ।
नेपाली भाषा साहित्यका अथक साधक इन्द्रबहादुर राईको मंगलबार साँझ निधन भएको छ।

९० वर्षीय प्रख्यात साहित्यकार राई लीलालेखनका सुरुवातकर्ता तथा आयामेली साहित्यका सर्जक दार्जिलिङमा बसोबास गर्थे। उनी लामो समयदेखि विभिन्न विरामीसँग जुधिरहेका थिए।

दार्जिलिङका साहित्यकारहरुले उनको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै सामाजिक सञ्जालहरुमा दु:ख व्यक्त गरिरहेका छन्। उनको ‘आज रमिता छ’लगायत पुस्तक तथा अन्य सिर्जनाहरु प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: