‘सामसुङ ग्यालेक्सी नोट–८’ खरिदमा बीमा सुविधा

मा प्रकाशित


काठमाडौं ।
सामसुङले ग्यालेक्सी नोट–८ स्मार्टफोनको खरिदमा विभिन सुविधा उपलब्ध गराएको छ । जसअनुसार ग्राहकले सामसङको बटल स्पिकर, टुटफुट भएमा बीमाको सुविधा तथा एनसेलसँगको सहकार्यमा १६ जिबिको फोर जि डाटा सुविधा पनि उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

साथै फोर जि डाटा प्रति महिना २ जिबिका दरले ८ महिनासम्म ग्राहकलाई निरन्तर प्राप्त हुने र विभिन्न साझेदार बैंकबाट सहज किस्ताबन्दीको सुविधा पनि मिलाइएको विज्ञप्तीमा उल्लेख छ ।

ग्यालेक्सी नोट–८ फोनमा भएको इन्फिनिटी डिस्प्ले, सुधारिएको एस पेन र टुरु डिउल क्यामेरा उच्च अकांक्षा भएका ग्राहकको लागि भएको कम्पनीको दाबी छ । यसमा भएको डिउल क्यामराको साथ अप्टिकल इमेज स्टेबलाइजेसनले जस्तोसुकै अवस्थमा पनि जीवन्त एवम् सशक्त फोटो खिच्न सक्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!